जग्गा चक्लाबन्दी ४० विगाह सम्पन्न । ट्याक्टरबाट जोत्न सहज ।
किसानलाई सम्झौता गरे बमोजिम धान वितरण गर्न सफल । पहिलो वर्ष मै
सोचे भन्दा राम्रो उत्पादन भएकोछ ।
कृषि उपकरणको प्रयोग हुँदा लागतमा कमी हुदै गएकोछ ।
नयाँ काम र मेशिनको प्रयोग बढेपछि किसानहरु उत्साहित भएका छन ।
बेमौसमी तरकारी खेतीको साथै तरकारी खेती प्रति किसानको आर्कषण बढेकोछ । कृषि पेशाबाट राम्रोसँग जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।
सामूहिक खेती हेर्न र यसको बारेमा बुझ्न आन्तरिक पर्यटकहरु आउने क्रम बढेकोछ ।
रोजगारी सिर्जना भएकोछ । ६ जनाले प्रत्यक्ष रोजगारी र ६ महिनाको अवधिमा १६०० जनाले ज्यालामजदुरी गरेका छन ।